Thu Jan 27 2022
मुख्य खबर

काठमाडौं उपत्यकामा २२२ संक्रमित थपिए, सक्रिय संक्रमित २२ सय बढि

काठमाडौं । काठमाडौं उपत्यकामा २२२ जना कोरोना संक्रमित थपिएका छन्।

जसमध्ये काठमाडौंमा १५६, भक्तपुरमा २१ र ललितपुरमा ४५ गरी २२२ जना थपिएका हुन्।

यस्तै काठमाडौं उपत्यकामा २२०८ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा १०९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय संक्रमित छन्।

नेपालमा थप ३९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।