Tue Aug 9 2022
मुख्य खबर

डा.शेखर कोइरालाले बोलाए आफू निकट नेताको बैठक

काठमाडौं । कांग्रेस नेता डाक्टर शेखर कोइरालाले आफूनिकट नेताहरूको छुट्टै बैठक बोलाएका छन्।

सभापतिमा शेरबहादुर देउवासँग पराजित कोइरालाले आफूनिकट नेताहरूसँग महाधिवेशन र त्यसपछिको राजनीतिका विषयमा छलफल गर्न भेला बोलाएका हुन्। भेला दिउँसो २ बजे सिंहदरबारअगाडि बसेरा होटलमा बैठक बस्ने बताइएकाे छ ।

भेलाको तयारीस्वरुप कोइरालाले मंगलबार शीर्ष नेताहरूसँग छलफल गरेका थिए। कोइरालाले मंगलबार उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, उपसभापतिका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार मिनेन्द्र रिजाल, नेताहरू अर्जुननरसिंह केसी र बलबहादुर केसी लगायतसँग छलफल गरेका थिए।

आज कोइराला पक्षबाट निर्वाचित सबै पदाधिकारी, पदाधिकारीका उम्मेदवार, केन्द्रीय सदस्यहरू र केन्द्रीय सदस्यका उम्मेदवारहरू सहितको भेला राखिएको हो।