जोडिनुहोस
  • होमपेज
  • मोदीले नेपालीमै सन्देश लेखेर दिए सीता दाहाललाई श्रद्धाञ्जली

मोदीले नेपालीमै सन्देश लेखेर दिए सीता दाहाललाई श्रद्धाञ्जली

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

मोदीले सामाजिक सञ्जाल ट्वीटरमा नेपालीमै समवेदना सन्देश लेखेर दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

दाहालको निधन खबरले आफू मर्माहत भएको बताउदै मोदीले हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्तिको प्रार्थना गरेका छन् ।

उनले भनेका छन्ः

श्रीमती सीता दाहालको दुःखद निधन भएको खबरले मर्माहत भएको छु । २अmउचबअजबलमब प्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत आत्मालाई चिरशान्ति मिलोस् भनी प्रार्थना गर्दछु । ॐ शान्ति।

अहिले दाहालको पार्थीव शरीर श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको छ । बुधबार दिउँसो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ ।

हृदयघात भएपछि बुधबार बिहान ८ बजे नर्भिक अस्पतालमा लगिएको सीताको उपचारकै क्रममा ८ बजेर ३३ मिनेट जाँदा निधन भएको प्रधानमन्त्री प्रचण्डका निजी चिकित्सक प्राध्यापक डा। युवराज शर्माले जानकारी दिए ।

लामो समयदेखि वंशाणुगत पार्किन्सनजस्तो देखिने रोगबाट पीडित सीताको अमेरिका, भारतको मुम्बई र सिंगापुरमा उपचार गरिएको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका