Thu Jun 30 2022
मुख्य खबर

कुपन्डोलमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक घाइते

ललितपुर – कुपोन्डोलमा मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मंगलबार राति सवा १ बजे बा ९५ प ५३३४ नम्बरको मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा पछाडि सवार ३१ वर्षीय राजु तामाङको मृत्यु भएको हो।

ललितपुरको गोदावरी नगरपालिका–९ छम्पी घर भएका तामाङको उपचारको क्रममा बुधबार बिहान ३ बजे पाटन अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते ३६ वर्षीय दिपेश तामाङको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।