Wed Jan 19 2022
आर्थिक

सुनचाँदीको मूल्यमा वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोलामा ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार ६ सयले बढेर ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छ ।

तेजावी सुन प्रतितोलामा ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको छ । यस्तै, चाँदीको मूल्य पनि आज १० रुपैयाँले बढेर १ हजार २ सय ६० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।