Wed Jan 19 2022
समाचार

काँग्रेसको १६ जिल्लाको निर्वाचन माघ १५ मा गर्ने निर्णय

काठमाडौँ । नेपाली काँग्रेसले जिल्ला कार्यसमिति निर्वाचन हुन बाँकी रहेका १६ जिल्लाको निर्वाचन मिति तीन साता पर सारेको छ ।

काँग्रेस केन्द्रीय निर्वाचन समितिको आज (बुधबार) बसेको बैठकले पुस २७ गतेका लागि निर्धारित १६ जिल्लाको अधिवेशन तथा कार्यसमिति निर्वाचन माघ १५ गते गर्ने निर्णय गरेको हो ।