Sun Jan 16 2022
Breaking News

निर्वाचनमा उम्मेदवारले तीन लाख खर्च गर्न पाउने

काठमाडौ । निर्वाचन आयोगले बुधबार राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवारहरुले गर्न पाउने खर्चको सीमा तोकेको छ । राष्ट्रिय सभा सदस्य निर्वाचनमा उम्मेदवारहरुले तीन लाखभन्दा बढी खर्च गर्न पाउने गरि आयोगले खर्चको सीमा तोकेको हो ।

मतदाता नामावली खरिददेखि प्रतिनिधि परिचालनलगायत विभिन्न शीर्षकमा तीन लाख ५० हजार खर्च गर्न सक्ने आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारले सवारी साधन–घोडा प्रयोग गर्न ७० हजार खर्च गर्न पाइने छ । त्यस्तै, कार्यालय सञ्चालन गर्न पनि ७० हजार खर्च गर्न मिल्ने आयोगले जनाएको छ ।