Mon Jan 24 2022
देश

दिल्लीमा कोरोना संक्रमितको संख्या बढ्दो, ५० प्रतिशत कर्मचारीलाई घरबाटै काम गर्न निर्देशन

एजेन्सी । भारतको नयाँ दिल्लीमा साताको २ दिन शनिवार र आइतबार कर्फ्यू लगाईएको छ ।

भारतमा रात्रीकालीन कर्फ्यू जारी रहेकै बेला साताको २ दिन कर्फ्यू लगाइएको हो । कोभिड संक्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाउने निर्णय गरेको हो ।

भारतमा नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या ह्वात्तै बढेको छ । हिजो सम्म भारतभर १ हजार ७ सय जनामा ओमिक्रोन देखिएको छ ।

यसैबीच कोभिड सक्रमणको जोखिम कायमै रहेकाले सार्वजनिक यातायातमा यात्रा गर्दा मास्कविना यात्रा गर्न नपाइने नियमलाई कडाइका साथ लागू गरिएको छ ।

त्यसैगरी सरकारले निजी कार्यलयहरूलाई पनि ५० प्रतिशत कर्मचारीको सहयोगमा नियमित कामकाज गर्ने व्यवस्था गर्न भनेको छ ।

सरकारले बाँकी ५० प्रतिशतलाई छुट्टी दिन वा घरबाटै काम गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

गत हप्ता ५० मेट्रोरेल र बसमा ५० प्रतिशत मात्र यात्रु बोक्न छुट दिएको सरकारले भीड बढेपछि रेल र बसलाइ पूर्ण क्षमतामा चलाउन छुट दिएको छ ।