Thu Jan 20 2022
देश

दैलेखमा जिप दुर्घटना, एक जनाको मृत्यु, ८ जना घाइते

सुर्खेत । दैलेखमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।

दैलेखको भगवतीमाई गाउँपालिकाको बेस्तडा बजारबाट जिल्ला सदरमुकाम जाँदै गरेको लु२च ४८२९ नम्बरको जीप नारायण नगरपालिका–११ मा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा अन्य ८ जना घाइते भएका छन् । घाइते तीन जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको छ ।

दुर्घटनामा भगवतीमाई गाँउपालिका–६ स्थायी घर भई वडा नं १ मा बस्ने कृष्ण रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । उनी जिप चालक हुन् ।

दुर्घटना कसरी भयो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।