Thu Jan 20 2022
देश

कांग्रेसको बाँकी रहेका १६ जिल्लाको अधिवेशन फेरि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसले १४ औं महाधिवेशनअन्तर्गत जिल्ला अधिवेशन गर्न बाँकी रहेका १६ जिल्लाको अधिवेशन राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै गर्ने गरी सारेको छ ।

१६ जिल्लाको अधिवेशन यही पुस २७ गते गर्ने तयारी गरिएको थियो ।

तर आज बसेको केन्द्रीय निर्वाचन समितिको बैठकले माघ १५ गतेका लागि जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय सभा सदस्य निर्वाचन पछि मात्रै जिल्ला अधिवेशन गर्ने निर्णय भएको निर्वाचन समितिका सचिव केशव रिजाले जानकारी दिएका छन् ।

राष्ट्रिय सभामा रिक्त १९ सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।