जोडिनुहोस
  • होमपेज
  • दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार दोहोरो अंकले घटेको छ । १२.६२ अंकले घटेको बजार २०८०.९२ विन्दुमा रोकिएको छ । यो शून्य दशमलव ६० प्रतिशतको गिरावट हो । बिहीबार सबैभन्दा धेरै फाइनान्सका लगानीकर्ताले गुमाएका छन् । फाइनान्स सब–इण्डेक्स २ प्रतिशतले घटेको छ ।

यसबाहेक जलविद्युत, विकास बैंक, व्यापारसहितका सब-इण्डेक्स समेत धेरैले घटेको छ । घटेको बजारमा समेत होटेल तथा पर्यटन, बैंक तथा म्यूचअल फण्डको सब-इण्डेक्स भने बढेको छ । बिहीबार २९६ धितोपत्रको ५७ हजार ६४५ कारोबारबाट ९३ लाख ८२ हजार ४४० कित्ता सेयर किनबेच भएको छ । कारोबार रकम ३ अर्ब ३९ करोड ६ लाख ६० हजार ६०५ रुपैयाँ पुगेको छ ।

एनएमए डिभेञ्चर, एसबीएल डिभेञ्चर, एनआईबीएल समृद्धि फण्डको सकारात्मक सर्किट लेबलमा कारोबार भयो । पिपुल्स हाइड्रो, हिमालयन पावर, बुद्धभूमी हाइड्रो, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ ।

शिवम् सिमेन्ट, सोल्टी होटल, हिमालयन लाइफ इन्स्योरेन्स, नेपाल टेलिकमसहितका धितोपत्रको आज धेरै कारोबार भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका