Fri Jan 28 2022
Breaking News

किसानका माग राख्दै सिके राउत पार्टीले काठमाडौंमा प्रदर्शन

काठमाडौं । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएका सिके राउत नेतृत्वको जनमत पार्टीले बुधाबार काठमाडौंको माइतीघर मण्डलामा बिरोध प्रदर्शन गरेको छ ।

जनमत पार्टी उपत्यका समन्वय समितिले किसानहरूको माग सम्बोधन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।

प्रत्येक वर्ष किसानले मलका लागि संघर्ष गर्दै आएका छन् भने चिनी मिलले भुक्तानी नदिँदा उखु किसान पनि पीडित हुँदै आएका छन् ।

यही बेला किसानको मुद्दा लिएर जनमत पार्टी आन्दोलनमा उत्रिएको हो । बर्सेनि किसानले मल अभाव झेल्दै आएका छन् ।