Sat Jan 22 2022
आर्थिक

अरुण भ्यालीको पौने १६ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत

अरुण भ्याली हाइड्रोपावरको १५ लाख ७२ हजार ३५९ कित्ता सेयर नेपाल स्टक एक्सचेन्ज नेप्से० मा सूचीकृत भएको छ ।

कम्पनीले सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस वितरणपश्चात कारोबारका लागि बुधबार नेप्सेमा सूचीकृत भएको हो ।