काठमाडौं । भारतका चर्चित मेघास्टार अमिताभ बच्चनको घरमा पनि एक कर्मचारीको कोरोना रिपोर्ट पोजिटिभ देखिएको छ ।
अमिताभको दुवै बंगला प्रतिक्षा र जलसाको कर्मचारीको कोभिड परीक्षण भएको थियो । जसमा एकलाई कोरोना संक्रमण देखिएको छ । यी सदस्यलाई बीएमसीले कोभिड केयर सेन्टर–२ मा आइसोलेट गरिएको छ ।
अमिताभ बच्चनले आफ्नो ब्लग पोष्टमा लेखेका छन्, ‘हाल घरेलू कोभिड परिस्थितिसँग जुुधिरेहेको छु प्रशंसकसँग पछि जोडिने छु ।’
उनको यो पोस्टमा उनका प्रशंसकले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जलसामा रहेका ७९ वर्षका अमिताभ बच्चन र उनको परिवार भने सुरक्षित नै छन् ।
नियमित चेकअपमा एक सदस्य पोजिटिभ
अमिताभको घरमा कुल ३१ कर्मचारीलाई परीक्षण गरिएको मुम्बई बीएमसीका स्वास्थ्य अधिकारी अजीत पंपाठवारले जानकारी गराएका छन् । यी मध्ये १ पोजिटिभ पाइए ।