जोडिनुहोस
  • होमपेज
  • भारतले आज चन्द्रयान–३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै

भारतले आज चन्द्रयान–३ चन्द्रमाका लागि प्रक्षेपण गर्दै

नयाँदिल्ली । भारतीय अन्तरिक्ष अध्ययन संस्था इसरोले आज चन्द्रयान-३ मिशन प्रक्षेपण गर्दैछ। चन्द्रयान–३ श्रीहरिकोटाबाट प्रक्षेपण गरिने छ । यस अभियानका लागि सबै किसिमको तयारी पूरा भएको छ । यो आज दिउँसो २:३५ बजे त्यसकाे प्रक्षेपण सुरु हुनेछ।

चन्द्रयान–३ चन्द्रमाको सतहमा अवतरण हुनेबित्तिकै भारत यस्तो गर्ने विश्वको चौथो देश हुनेछ । चन्द्रयान ३ को प्रक्षेपण हुनु अघि, चन्द्रमा ल्यान्डर विक्रमलाई GSLV मार्क ३ हेभी लिफ्ट लन्च भेहिकलमा राखिनेछ, जसलाई बाहुबली रकेट भनिएकाे । यसलाई लन्च भेइकल मार्क ३ (LM-3) नाम दिइएको छ। GSLV ४३.५ मिटर उचाइ छ। अर्थात् यसको उचाइ दिल्लीमा रहेको कुतुबमिनार भन्दा बढी छ। चन्द्रयान–३ प्रक्षेपण भएको ४० दिनपछि अगस्ट २३ मा चन्द्रमाको सतहमा अवतरण हुनेछ ।

पहिलो पटक, भारतको चन्द्रयान चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गर्नेछ, जहाँ पानीको निशान फेला परेको छ। सन् २००८ मा भारतको पहिलो चन्द्रमा मिसनमा भएको खोजले विश्वलाई चकित पारेको थियो । विक्रमको उद्देश्य सुरक्षित, नरम अवतरण गर्नु हो। यसपछि, ल्यान्डरले रोभर प्रज्ञान छोड्नेछ, जुन चन्द्रमाको सतहमा एक चन्द्र दिन (१४ पृथ्वी दिन बराबर) घुम्नेछ र वैज्ञानिक प्रयोगहरू पनि गर्नेछ।

यस मिसन अन्तर्गत, वैज्ञानिकहरूले चन्द्रमाको माटोको विश्लेषण गर्ने, चन्द्रमाको सतहको वरिपरि घुम्ने र चन्द्रमासँग सम्बन्धित केही महत्त्वपूर्ण जानकारीहरू पत्ता लगाउने अपेक्षा गरिएको छ।

इसरोले अघिल्लो चन्द्र अभियानका क्रममा भएको गल्तीबाट पाठ सिकेर ल्यान्डरमा इन्जिनको संख्या पाँचबाट घटाएर चारमा राखेको र सफ्टवेयरलाई पनि अपडेट गरेको जनाएको छ । सबै कुरा ठीकसँग परीक्षण गरिएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका