जोडिनुहोस
  • होमपेज
  • झापामा सडक दुर्घटना, दुई जनाको मृत्यु

झापामा सडक दुर्घटना, दुई जनाको मृत्यु

झापा । झापामा गएराति छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वपश्चिम लोकमार्गअन्तर्गत कमल र शिवसताक्षीलाई जोड्ने कमल खोलाको पूलमा प्र१–०१–००२ह २६७ नम्बरको अटो र सोही दिशातर्फ जाँदै गरेको मे ७ प ८५९४ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा मोटरसाइकलमा सवार झापाको बुद्धशान्तिका ४० वर्षीय उपेन्द्र सिग्देलको मृत्यु भएको छ ।

मोटरसाइकलका चालक अर्जुनधारा नगरपालिका–११ का ५७ वर्षीय जीवन सुवेदी घाइते भएका छन् । प्रहरीले अटोचालक झापा गाउँपालिका–२ का ३० वर्षीय श्यामसुन्दर महतोलाई नियन्त्रणमा लिएको छ ।

त्यसैगरी मेचीनगर–१२ धाइजनस्थित मेची लोकमार्गमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको नम्बर नखुलेको बोलेरो जीपले पैदलयात्री स्थानीय ३५ वर्षीय राजन विकलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका