Thu Jun 30 2022
मुख्य खबर

प्रधानमन्त्री देउवा आइतवार भारत भ्रमणमा जाँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ । मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।