Wed Jan 19 2022
समाचार

ताप्लेजुङमा भीषण आगलागी, तीन घर जलेर नष्ट

ताप्लेजुङ । फालेलुङ गाउँपालिका–६ बरभञ्ज्याङमा हिजो बेलुकी आगलागी हुँदा तीन घर जलेका छन् । बरभञ्ज्याङका जितबहादुर मेयोङ्बाको घरबाट सुरु भएको आगो फैलिँदा रामजित राई र मनबहादुर राईका घर जलेको हो ।

आगलागीमा तीन घरमा रहेको आईएमईको कार्यालयसहित आधा दर्जन बढी पसल जलेको स्थानीयवासी खगेन्द्र राईले जानकारी दिनुभयो । आगलागी नियन्त्रणका लागि फिदिममा रहेका दुई दमकलको सहायता लिइएको थियो । बरभञ्ज्याङ फालेलुङ–६ को केन्द्रका रुपमा रहेको बजार हो ।

विद्युत् सर्ट भइ आगलागी भएको स्थानीयवासीको अनुमान छ ।