जोडिनुहोस
  • होमपेज
  • करेन्ट लागेर युवकको मृत्यु

करेन्ट लागेर युवकको मृत्यु

काठमाडौं । काठमाडौँको मण्डिखाटारमा करेन्ट लागेर युवकको मृत्यु भएको छ । बुढानिलकण्ठ नगरपालिका–९ मण्डिखाटार बस्ने सिन्धुपाल्चोक बलेफी–३ स्थाई घर भएका २३ वर्षीय सुजन श्रेष्ठको शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

बुढानिलकण्ठ–९ मण्डिखाटारस्थित ग्रिल पसलमा वेल्डिङ गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई शिक्षण अस्पताल महाराजगंजमा लगिएको थियो । उपचारको क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका