Mon Jan 17 2022
मुख्य खबर

दैलेखमा जीप दुर्घटना, एक जनाको मृत्यु

दैलेख । दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । भगवतीमाई गाउँपालिकाबाट सदरमुकाम आउँदै गरेको लु २ च ४८२९ नम्बरको जीप लोहोरे खोला नजिकै दुर्घटनामा परेको हो ।

दुर्घटनामा भगवतीमाई गाउँपालिका वडा नम्बर ६ का कृष्ण रोकायाको ज्यान गएको प्रहरीले जनाएको छ । जीप चालक भगवतीमाई ६ कट्टीका २५ वर्षीय दीपक केसी भने फरार भएका छन् ।

दुर्घटनामा घाइते भएका आठमध्ये ६ जनालाई थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत पठाइएको छ ।