Wed Jan 19 2022
मुख्य खबर

विनोद चौधरीको कांग्रेस केन्द्रीय सदस्य पद खारेजीको माग गर्दै उजुरी

काठमाडौँ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ।

‘असंवैधानिक’ केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध बुधबार उजुरी परेको हो।

विधानविपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य बनेको दाबी गर्दै उक्त पद खारेजीको माग भएको छ।

चौधरीको पद खारेज गर्दै उक्त पदमा आफ्नो नाम राख्न माग राखेर सिराहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले निर्वाचन आयोगमा निवेदन दिएका हुन्।