Mon Jan 24 2022
अन्तर्राष्ट्रिय

भारतमा कोरोनाको तेस्रो लहर : एकैदिन ९० हजार संक्रमित

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको तेस्रो लहर शुरु भएको छ । हरेक दिन कोरोनाको संक्रमण फेरी बढेपछि तेस्रो लहर शुरु भएको विज्ञहरुले बताएका छन् ।

भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९० हजार ९२८ जनामा ​​कोरोना संक्रमण पुष्टि भएको छ भने ३२५ जनाको मृत्यु भएको छ ।

भारतमा दैनिक संक्रमित दर परिक्षण गरिएको संख्याको ६.४३ प्रतिशत रहेको छ ।

त्यस्तै भारतमा एकै दिन १९ हजार २०६ जना कोरोना संक्रमणबाट निको भएको मन्त्रालयले जनाएको छ ।

त्यस्तै भारतमा कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनका केसहरू पनि बढिरहेका छन् । अहिलेसम्म भारतका २६ राज्यमा ओमिक्रोन भेरिएन्टका २६३० केसहरू रिपोर्ट गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै अहिलेसम्म ९९५ ओमिक्रोन संक्रमित ठिक भएका छन् । भारतमा अहिलेसम्म ओमिक्रोनबात एक जनाको मृत्यु भएको छ ।

योसँगै भारतमा सक्रिय कोरोना संक्रमितको कुल संख्या दुइ लाख ८५ हजार नाघेको छ । अहिले भारतमा २ लाख ८५ हजार ४०१ कोरोनाका सक्रिय केस रहेका छन् ।

हालसम्म कोरोना संक्रमणबाट कूल ४ लाख ८२ हजार ८७६ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।