Mon Jan 17 2022
देश

प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाँदै, भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आउँदो आइतवार भारत भ्रमणमा जानुहुने भएको छ ।

मन्त्रिपरिषद्को बुधवार बसेको बैठकले देउवाको भारत भ्रमण स्वीकृत गरेको छ ।

पाँचौँ पटक प्रधानमन्त्री भएपछि देउवाको यो पहिलो भारत भ्रमण हो । प्रधानमन्त्री देउवा गुजरातमा हुन लागेको ‘गुजरात ग्लोबल समिट’ मा भाग लिन भारत भ्रमणमा जान लाग्नुभएको हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । भेटवार्ताका क्रममा द्विपक्षीय सम्बन्धका विभिन्न पक्षमा कुराकानी हुने बताइएको छ ।