Wed Aug 10 2022
देश

स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि पाल्पा अस्पतालको सेवा बन्द

पाल्पा । जिल्ला अस्पताल पाल्पाका स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण देखिएपछि अस्पतालको सम्पुर्ण सेवा बन्द गरिएको छ ।

अस्पतालका निमित्त मेडिकल सुपरिडेण्ट, ६ जना मेडिकल अधिकृत, एक पारामेडिक्स, एक ल्याब टेक्निसियन र एक जना डेन्टल सर्जन सहित ९ जनामा एकै दिन कोरोना संक्रमण पुष्टी भएको हो ।

डेल्टा वा ओमिक्रोन मध्ये कुन भेरियन्ट हो भन्ने परीक्षणका लागि पठाइएको छ । अस्पतालले सूचना जारी गरेर सुत्केरी सेवा र सुरक्षित गर्भपतन बाहेक अन्य सेवा बन्द गरिएको जानकारी दिएको छ ।

जिल्लामा कोरोना संक्रमण दर पुनः बढ्न थालेको छ । हाल २६ जना संक्रिय संक्रमित रहेका छन ।

जिल्ला कोरोना संक्रमण रोकथाम तथा सहजिकरण समितिले कोरोना संक्रमण बढेपछि सर्तकता अपनाउन र सबै उमेर समुहललाई कोरोनाको पूर्ण खोप लगाउने वातावरण तयार गर्न अनुरोध गरेको छ ।

जिल्लामा १८ बर्ष माथीका ७९.३ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन् ।