Sun Jan 16 2022
देश

प्रचण्डसँग कार्यकर्ताको प्रत्‍यक्ष भेटघाट बन्द

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कोरोना भाइरसको नयाँ भेरियन्टको जोखिम र राजनीतिक व्यस्तताका कारण कार्यकर्ता भेटघाट बन्द गरेका छन् ।

कोरोना भाइरस जोखिम र राजनीतिक व्यस्तताका कारण भेटघाट बन्द गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले फेसबुक मार्फत् जानकारी दिएकी छन् ।
उनले फेसबुकमा लेखेकी छन्, ‘राजनीतिक कामको व्यस्तता, भीडभाड र स्वास्थ्य सतर्कताको कमिका कारण काठमाडौं लगायतका विभिन्न स्थानमा बढेको कोभिड संक्रमण तथा स्वास्थ्यकर्मीहरुको समेत सुझावलाई मध्यनजर गर्दै विगत तीन दिन यतादेखि भौतिक रूपमा भेटेरै भइरहेको बधाई एवं शुभकामना आदानप्रदानलाई आजैका दिनदेखि रोकेको कुरा जानकारी गराउदछौं ।’