काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले नारायणहिटी दरबार संग्रहालय भित्रको विवादित रेस्टुरेन्टबारे छानबिन गर्न समिति गठन गरेको छ ।
बिहीबार मन्त्री आलेले मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेका हुन् ।
समितिलाई तीन दिनभित्र सवै डकुमेन्टहरुको अध्ययन गरी सुझाव पेश गर्न निर्देशन दिएको मन्त्री आलेको स्वकीय सचिव हेमन्त रेग्मीले जानकारी दिए ।
उनका अनुसार समितिमा मन्त्रालयका उपसचिवहरु टेकनारायण पौडेल, सूर्यमणि गौतम, पुरुषोत्तम खतिवडा र सदस्य सचिवको जिम्मेवारी शाखा अधिकृत टंकबहादुर नेगीलाई दिइएको छ ।
समितिले नारायणहिटीभित्र बनिरहेको रेस्टुरेन्ट कति वैध र कति अवैध छ, त्यहाँ रेस्टुरेन्ट आवश्यक छ कि छैन रु सम्झौता विपरीत कुनै काम भएको छ कि छैन र सम्झौताकै वैधानिकता कति छ रु भन्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्ने जिम्मेवारी दिइएको छ ।