Thu Jan 27 2022
देश

मोटरसाइकलको टयांकीभित्र ३८ लाख लुकाउने एक युवक पक्राउ

जनकपुरधाम । भारतबाट नेपालतर्फ आउँदा मोटरसाइकलको टयांकीभित्र ३८ लाख रुपैयाँ लुकाउने एक युवक पक्राउ परेका छन् ।

सशस्त्र प्रहरी बलले बिहीबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका १ का २३ बर्षीय अमितकुमार यादव छन् ।

सशस्त्र प्रहरी निरीक्षक सजय बरालका अनुसार यादव चढेको प्रदेश २–०२००१ प ०४७७ नम्बरको मोटरसाइकल धनुषाको नगराइन नगरपालिकास्थित जटहीमा चेकजाँच गर्दा टयांकीभित्र ३८ लाख ३५ हजार नेपाली रुपैयाँ लुकाएको भेटिएको हो ।

पक्राउ परेका यादव हुण्डी कारोबारी रहेको प्रारम्भिक अनुमान गरिएको छ ।

बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । मोटरसाइकलको टयांकीमा बिर्कोको सट्टा नटबोल्ट लगाएको देखेपछि प्रहरीले खोलेर हेर्दा रकम भेटेको हो ।

उनलाई अन्य अनुसन्धानका निम्ति नेपाल प्रहरीको जिम्मा लगाउने सशस्त्र प्रहरीले जनाएको छ ।