Fri Jan 21 2022
मुख्य खबर

थप ५४० मा कोरोना संक्रमण, १ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ५४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा ४७८ र ४ हजार ८ सय ९० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६२ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमित मृत्युको संख्या १ पुगेको छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ सय ७१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार अहिले सम्म निको हुने दर ९८ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमणबाट ११ हजार ६ सय २ जनाले ज्यान गुमाएका छन् । त्यसैगरी ८ लाख १३ हजार ४ सय ४७ संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार हाल नेपालमा ५ हजार ४ सय ३१ सक्रिय संक्रमित आइसोलेसन र १ सय १३ जना क्वारेन्टाइनमा रहेका छन् ।