Mon Jan 24 2022
आर्थिक

नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश पारित

नेपाल पुनर्बीमा कम्पनीको १९ प्रतिशत लाभांश पारित भएको छ । कम्पनीको आज सम्पन्न छैठौं वार्षिक साधारण सभाले आव २०७६/७७ को मुनाफाबाट १० अर्ब रुपैयाँको १६.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि २.५० प्रतिशत नगद लाभांश गरी कुल १९ प्रतिशत लाभांश पारित गरेको जनाएको छ ।
कम्पनीले १० अर्ब चुक्तापूँँजी समेत बृद्धि गरी ११ अर्ब ६५ करोड चुक्तापूँजी पुर्याउने विषयमा संशोधन गरेको छ ।