Wed Jan 19 2022
अन्तर्राष्ट्रिय

अमेरिकामा भीषण आगलागी, ८ बालबालिका सहित १२ को मृत्यु

एजेन्सी- अमेरिकामा भएको भीषण आगलागीमा परी आठ बालबालिकासहित १२ जनाको मृत्यु भएको छ ।
अमेरिकाको फिलाडेल्फिया सहरमा रहेको दुई तले घरमा भएको भीषण आगलागीमा परी आठ बालबालिकासहित १२ जनाको मृत्यु भएको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएकाछन् ।

दमकल अधिकारीहरूका अनुसार दुई जनालाई अस्पताल पठाइएको र अन्य घाइतेको खोजी भइरहेको छ । आगलागीका कारण अझै धेरै मानिसको मृत्यु हुने आशंका रहेको अधिकारीहरुले बताएका छन् । घरमा जम्मा २६ जना बस्ने गरेको जनाइएकोछ ।

हालसम्म आठ जनाको उद्धार गरिएको जनाइएको छ । घटनाबारे जानकारी दिँदै सहरका मेयर जिम केनीले सहरको इतिहासको सबैभन्दा दुखद दिन रहेको बताउदै दुःखद अन्त्य ज्यादै पीडादायी भएको बताएकाछन् ।