Mon Jan 24 2022
अन्तर्राष्ट्रिय

अमेरिका : जर्ज फ्लोयडको परिवारमाथि घातक हमला, चार वर्षीया बालिकामाथि गोली प्रहार

अमेरिकी प्रहरीद्वारा मारिएका अश्वेत जर्ज फ्लोयडको मृत्युपछि उनको न्यायको लागि विश्वभरबाट आवाज उठेको थियो । तर यसपटक जर्ज फ्लोयडको परिवारमाथि घातक हमला भएको छ । उनकी भान्जीकी चार वर्षीया छोरी एरियाना डेलानीलाई नयाँ वर्षको दिन सुतिरहेको बेला गोली प्रहार गरिएको थियो ।

गोली लागेकी एरियानाको अस्पताल लैजादै गर्दा मृत्यु भएको जनाइएको छ । यस घटनाको जानकारी दिँदै एरियानाका बुबाले आफ्नी छोरीमाथि भएको हमला सुनियोजित षड्यन्त्र भएको बताए ।

अन्तराष्ट्रिय मिडिया रिपोर्ट अनुसार फ्लोयडकी नातिनी एरियाना डेलानी टेक्सासको साउथ ह्युस्टनमा रहेको अपार्टमेन्टको दोस्रो तल्लामा परिवारका अन्य चार सदस्यसँग सुतिरहेकि थिइन् । त्यही क्रममा बिहान करिब तीन बजे केही अज्ञात अपराधीले गोली चलाएका थिए, त्यसपछि त्यहाँ तनावपूर्ण वातावरण बनेको जनाइएको छ ।

अमेरिकी प्रहरी हिरासतमा जर्ज फ्लोयडको हत्या भएको थियो
मे २५, २०२० मा, अमेरिकी प्रहरीले अश्वेत नागरिक जर्ज फ्लोयडलाई ट्याक्सीबाट लगेर भुइँमा लडाएर उनको घाँटी घुँडाले थिचेर मारेका थिए । यस घटनाले अमेरिकामा ठूलो प्रदर्शन भएको थियो ।
ड्ड