Wed Jan 19 2022
आर्थिक

गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जले आज (बिहिवार) गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन गरेको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन भएको हो ।

कम्पनीको १० प्रतिशत बोनस शेयरको समायोजन पछि ४५४ दशमलव ४५ मूल्य तोकिएको छ ।

बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू ४९९ दशमलव ९० मा अन्तिम कारोबार भएको आधारमा समायोजन गरेको हो ।