Fri Jan 21 2022
आर्थिक

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेञ्जमा आज (बिहिवार) श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै शेयर मूल्य समायोजन भएको हो ।
फाइनान्सको ७ दशमलव ७० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य ४४१ .९७ पुगेको छ । कम्पनीको बुधबार कायम अन्तिम शेयर मूल्य ४७६ रुपैँयाको आधारमा शेयर मूल्य समायोजन भएको हो । कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।
कम्पनीले शेयरधनीलाई ७ दशलमव ७० प्रतिशत बोनस शेयर र ३ दशमलव ३० प्रतिशत नगद लाभांश कर सहित वितरण गर्ने प्रस्ताव गरेको छ ।