Thu Jan 20 2022
देश

कक्षा ११ को ग्रेडवृद्धि र आंशिक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले २०७८ असोज ११ गते लिएको कक्षा ११ को ग्रेडवृद्धि तथा आंशिक परीक्षाको नतिजा प्रकाशित गरेको छ ।

ग्रेडवृद्धि तर्फ २१ हजार ८१६ र आंशिकतर्फ २ हजार ९०८ गरी जम्मा २४ हजार ७२४ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

त्यसमध्ये ७९.०६ प्रतिशत उत्तीर्ण भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

परीक्षाफल राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट र नेपाल टेलिकमको वेबसाइटबाट हेर्न सकिने बोर्डले जानकारी दिएको छ ।

साथै नेपाल टेलिकमको १६०० नम्बरमा एसएमएस गरेर वा १६०१ नम्बरमा डायल गरेर पनि नतिजा थाहा पाउन सकिन्छ ।

साथै २०७८ सालको कक्षा १२ को ग्रेड वृद्धि पूरक परीक्षाको परीक्षा केन्द्र पनि निर्धारण गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।