Mon Jan 17 2022
देश

भगवानका मुर्ति चोर्ने एक युवक पक्राउ

काठमाडौं । भगवानका मुर्तिसहित विभिन्न सामग्री चोरी गर्ने एक जना युवक पक्राउ परेका छन् ।

यहि पुस २१ गते राति बाँकेको नेपालगञ्जस्थित राम जानकी मन्दिर परिसरमा भगवानका मुर्तिसहित विभिन्न सामग्री चोरी गर्ने एक जना युवकलाई प्रहरीले पक्राउ गरेको हो ।

नेपालगञ्ज वडा प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नेपालगञ्ज–१ का २५ वर्षीय असरफ बागवानलाई पक्राउ गरेको हो ।

निजको साथबाट भगवानको मुर्ती ३ थान , घण्टी ३ थान, नाग देवताको मुर्ती २ थान , तामाको लोटा ४ थान, त्रिशुल ३ थान , आरती १ थान , पाला छोप्ने ढक्कन ८ थान, पाला २ थान, टिका राख्ने भाँडा १ थान, फलामको सिक्री १ थान , सानो आरी १ र थान र रिन्च १ थान बरामद गरिएको प्रहरीले जनाएको छ ।