जोडिनुहोस
  • होमपेज
  • बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ : गगन थापा

बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ : गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा सहकारीको अहिले समस्या आउनुमा सरकारको कमजोरी भएको थापाले बताए ।

‘‘केही दिन अघिसम्म हामी सांसदको घरघरमा सहकारी पीडितको रुआवासी हुन्थ्यो, त्यो अहिले मण्डलमा सरेको छ । पीडतहरूको आवाज सुन्नुपर्छ । यो समस्या आउनुमा एकहदसम्म जिम्मेवार राज्य पनि हो,’ उनी भन्छन् ।

केही दिन अघिसम्म सहकारी पीडितको रुवाबासी सांसदको घरघरमा हुने गरेको भएपनि अहिले माइतीघर मण्डलामा सरेको थापाको भनाइ छ ।

‘जुन निकायले अनुगमन नगर्दा अहिलेको अवस्था आएको छ । अहिले धेरै कुरा भत्किएपछि अध्ययन कार्यदल बनाएर त्यसले सोमबार प्रतिवेदन बुझाइसकेको छ । त्यो कार्यान्वयन हुँदै जानुपर्छ । बचतकर्ताले रकम फिर्ता पाउनुपर्छ’, गगनले भने ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका