Mon Jan 17 2022
अन्तर्राष्ट्रिय

भारतमा ह्वात्तै बढ्यो कोरोना,एकैदिन १ लाख बढीमा संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो समय भारतमा कोरोना संक्रमितको संख्या तीव्र रुपमा बढेको छ । एकै एक लाख १७ हजार १०० जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या बढेको हो । एकैदिन ३०४ जनाको कोरोनाका कारण  मृत्यु भएको छ । भारतमा एक साताअघि दैनिक संक्रमण १० हजार थियो । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएसँगै कोभिड संक्रमितको संख्या बढेको छ । 

कोरोना संक्रमण बढ्न थालेपछि भारतको मुम्बई शहरमा लकडाउन गर्ने तयारी रहेको छ । त्यस्तै भारतमा २६ राज्यमा ओमिक्रोन भेरियन्ट देखिएको छ । सात महिनापछि पहिलो पटक संक्रमितको संख्या एक लाख नाघेको हो ।

सन् २०२१ को ६ जुनमा भारतमा १ लाखभन्दा बढी नयाँ संक्रमित देखिएका थिए । कोभिडबाट महाराष्ट्र सबैभन्दा बढी प्रभावित छ । महाराष्ट्रमा शुक्रबार ३६ हजार २६५ नयाँ संक्रमित भेटिएका छन् ।