Tue Jan 18 2022
Breaking News

एमाले हुम्लाको जिल्ला अधिवेशन स्थगित

सिमकोट । हुम्ला नेकपा (एमाले)को नवौं जिल्ला अधिवेशन स्थगन भएको छ । पार्टीको केन्द्रीय निर्देशनानुसार एक महिनाका लागि जिल्ला अधिवेशन सरेको हो ।

आजदेखि एकसाथ एमालेले देशभर अधिवेशन सञ्चालन गर्ने भएको छ । हुम्लामा भने अधिवेशन एक महिनाका लागि स्थगन भएको छ । सदरमुकाम सिमकोटको माथिल्लो बजारमा रहेको मानसरोवर होटलमा बसेको जिल्ला कमिटीको बैठकले आगामी माघ २३ गतेसम्मका लागि अधिवेशन स्थगन गर्ने निर्णय गरेको जिल्ला पार्टी सचिव पूर्ण ढकालले जानकारी दिए ।

मौसम प्रतिकूलता र पार्टीका विविध समस्याका कारण जिल्ला अधिवेशन एक महिना पछि सरेको एमाले हुम्लाले जानकारी दिएको छ ।