काठमाडौ । रुसले काजाकिस्तानमा आफ्नो शान्ति सेना पठाएको छ । रुसले सोभियत संघको पूर्वघटक राष्ट्र र सैन्य साझेदार काजकिस्तानमा हिंसात्मक अशान्ति रोक्न आफ्नो शान्ति सेना पठाएको हो ।
इन्धनको मूल्यवृद्धिलाई लिएर सन् १९९१ मा स्वतन्त्र राष्ट्र बनेयताकै सबैभन्दा ठूलो विरोधको सामना गरेपछि काजकिस्तानले सहयोग माग गरेको थियो ।
रुस, बेलारुस, ताजिकिस्तान, किर्गिस्तान र अर्मेनियाका सैनिक सम्मिलित सीएसटीओ आबद्ध गठबन्धन सेना कजाख्स्तानमा परिचालन गरिएको हो ।
प्रदर्शनका क्रममा कम्तीमा १२ जनाको मृत्यु भएको छ । झडपमा परेर ज्यान गुमाउनेमा अधिकांश प्रहरी रहेको बताइएको छ ।