Wed Aug 10 2022
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा बाढी र हिमपातका कारण ११ जनाको मृत्यु

काबुल । मौसम परिवर्तन संगै अत्याधिक हिमपात र बाढीका कारण अफगानिस्तानमा बुधबार कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

त्यहाँका अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार घटनामा परी देशभरीमा अरु २३ जना घाइतेसमेत भएका छन् ।

अफगानिस्तानमा गत बुधबार सुरुमा हिमपात भएको र त्यसपछि भारी वर्षा भएर बाढी आएको पनि अधिकारीहरुले जनाएका छन् ।