Fri Jan 28 2022
समाचार

काठमाडौंमा युवक युवतीको शव फेला

काठमाडौँ । काठमाडौंमा एक युवक र युवती काठमाडौंको कपनमा मृत भेटिएका छन् । संखुवासभा घर भएका २६ वर्षीय अमिश जिमि र खोटाङ घर भएकी युसिना राई मृत अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका एसएसपी चन्द्रकुवेर खापुङले बताएका छन् ।

एसएसपी खापुङका अनुसार कपनको शिवजी चोकस्थित केटाको ठूलीआमाको घरको कोठामा उनीहरु मृत भेटिएका हुन् । युवतीको शरिरमा धारिलो चक्कुले रोपेको धेरै चोट देखिएको छ ।

युवकको घाँटीमा चक्कुले रेटेको चोट लागेको प्रहरीको भनाई छ । गएराति साढे १२ बजे खबर पाएर प्रहरी घटनास्थलमा पुगेको थियो ।