Wed Aug 10 2022
समाचार

जाजरकोटमा भीरबाट खसेर वृद्धको मृत्यु

  • बद्री पन्त

जाजरकोट । जाजरकोटमा भीरबाट खसेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको नलगाड नगरपालिका ४, कोठीगाउँ निवासी ७२ वर्षीय पलबहादुर रावलको रघुनाथबाट घर जाने क्रममा बाउँसेखोला गाउँको भीरबाट लडेर मृत्यु वडा अध्यक्ष लक्ष्मीबहादुर रावलले बताउनु भयो ।

बिहीबार साँझ घर जाना हिडेका रावल विहानासम्म पनि घर नफर्किएपछि घरपरिवारले खोजी गरेका थिए । आज बिहाना बाउँसेखोला नजिकैको भीरको तल खोलामा मृत फेला परेका थिए ।

रावलको शव पोस्टमार्टमका लागि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा अस्पतालमा लगिएको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।