Wed Jan 19 2022
समाचार

पोल्याण्डसहित दुई युवक पक्राउ

काठमाडौँ । चाँगुनारायण नगरपालिका–४ चाँगु नेचा पौवाबाट अवैध लागूऔषध पोल्याण्डसहित प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मध्यपुर ठिमी नगरपालिका–४ नयाँ ठिमी बस्ने २९ वर्षीय रोजन श्रेष्ठ र २९ वर्षीय सञ्जय श्रेष्ठ रहेका छन् । भक्तपुरबाट त्रिशुल डाँडातर्फ जाँदै गरेको बागमती प्रदेश–०२–००१ प ६६७६ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई बिहीबार दिउँसो पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रहरी चौकी चाँगुबाट खटिएको टोलीले उनीहरुको साथबाट १२ ग्रामा पोल्याण्ड बरामद गरेको छ । मोटरसाइकल चालक रोजन र मोटरसाइकलमा सवार सञ्जयमाथि अनुसन्धान भइरहेको भक्तपुर परिसरले जनाएको छ ।