Mon Jan 17 2022
मुख्य खबर

थप २४ जनामा ओमिक्रोन पुष्टि भएलगत्तै सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन मन्त्रालयको निर्देशन

काठमाडौँ । थप २४ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।

डेल्टा भेरियन्टको तुलनामा ओमिक्रोन संक्रामक भएकाले अस्पतालहरुमा भीड बढ्न सक्ने भन्दै मन्त्रालयलेले सबै अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो ।

शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै अत्याधिक बिरामीको चापलाई थेग्न सक्ने गरी तयारी अवस्थामा रहन अस्पतालहरुलाई निर्देशन दिएको छ ।

यसअघि नेपालमा तीन जनामा ओमिक्रोन संक्रमण पुष्टि भइसकेको छ ।