Mon Jan 17 2022
समाचार

माओवादीको केन्द्रीय समिति बैठक सर्‍यो

काठमाडौं । पार्टी केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएपछि माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आगामी माघ ८ गतेसम्मका लागि सारिएको छ ।

गत साता आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको माओवादीले पदाधिकारी चयनका लागि यही पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक राखेको थियो । पार्टी कार्यालयका केही कर्मचारीमा कोरोना संक्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए ।

उनका अनुसार पार्टी केन्द्रीय कार्यालयका पाँच कर्मचारीमा कोरोना संक्रमण पाइएको छ । पार्टीका केही नेता तथा कार्यालयका कर्मचारीमा समेत संक्रमण देखिएपछि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटघाट बन्द गराका हुन् ।