जोडिनुहोस
  • होमपेज
  • दक्षिण कोरियामा बाढीका कारण सुरुङमा फसे थुप्रै कार, १३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढीका कारण सुरुङमा फसे थुप्रै कार, १३ जनाको मृत्यु

दक्षिण कोरियामा बाढीका कारण एक सुरुङमा पानी भरेको छ । सुरुङमा थुप्रै यात्री फसेका छन् । उद्धारकर्मीले हालसम्म यो सुरुङबाट १३ वटा शव निकालेका छन् ।

चियोंगजु नामको यो सहरको सुरुङमा शनिवार राती एक नदीमा छाल आएपछि पानी भरिएको थियो । बाढीका कारण करिब ६८३ मिटर लामो सुरुङमा थुप्रै गाडी फसेका थिए ।

तीमध्ये अधिकांश कारमा सवार थिए । यसबाहेक सुरुङमा बस पनि फसेको छ । सुरुङमा कति जना फसेका छन् भन्ने आधिकारिक सूचना दिइएको छैन । दक्षिण कोरियामा पछिल्लो एक हप्तामा वर्षा र बाढीका कारण ३९ जनाको ज्यान गएको छ ।

अविरल वर्षा र बाढीका कारण देशका विभिन्न ठाउँमा पहिरो गएको छ भने विद्युत् सेवा पनि अवरुद्ध भएको छ । सोमबार बिहानसम्म ९ जना बेपत्ता भएको अधिकारीहरूले बताएका छन् ।

सुरुङमा फसे मानिस

यो सुरुङ चेङजु सहरको ओसोङ क्षेत्रमा छ । सुरुङबाट निकालिएका शव सबै बसमा सवार थिए । यसबाहेक नौ जनाको जीवितै उद्धार गरिएको छ ।

अधिकारीले समयमै पहल गरेको भए यी व्यक्तिको ज्यान जोगाउन सकिन्थ्यो भन्ने पीडित परिवारको भनाइ छ ।

दक्षिण कोरियाको स्थानीय सञ्चारमाध्यममा धेरै समाचार प्रकाशित भएका छन् जस अनुसार नदीमा बाढी आउन सक्ने चेतावनी दिइएको थियो । यो चेतावनीपछि कानुनबमोजिम ट्राफिकलाई सुरुङभित्र प्रवेश गर्न दिनु हुँदैनथ्यो ।

वर्षा, पहिरो र विनाश

यसबाहेक दक्षिण कोरियामा सबैभन्दा बढी मृत्यु ग्याङसाङको पहाडी क्षेत्रमा भएको छ । यस क्षेत्रमा धेरै पहिरो गएका छन्, जसका कारण धेरै घरहरू बगेका छन् ।

देशका बाढी प्रभावित क्षेत्रका हवाई तस्बिरहरू हृदयविदारक छन् । आकाशबाट घरका छाना मात्र देखिन्छन् ।

सरकारी निकायले हजारौँको उद्धार गरेका छन् । शनिबारदेखि जियोसाम बाँधमा पानी आउन थालेको छ । बाँधभन्दा तलतिर बस्ने ६ हजार ४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

यस्तै धेरै गाउँमा मानिसहरू बाहिर निस्कन सकेका छैनन् र सम्भवतः उनीहरू अझै पनि घरमै थुनिएका छन् । गत शुक्रवार चुङचेओङमा पहिरोका कारण रेल ट्र्याकबाट उत्रिएको थियो । तर भाग्यवश त्यो रेलमा कोही यात्रु थिएनन् ।

कोरियाको मौसम पूर्वानुमान महाशाखाले आगामी बुधबारसम्म अझै वर्षा हुने जनाएको छ । मौसमका कारण देशमा खतरा कायमै रहेको महाशाखाले जनाएको छ ।

भारी वर्षाले भारत, चीन र जापानमा पनि ठुलो क्षति पु¥याएको छ । यसको पछाडि जलवायु परिवर्तन नै प्रमुख कारण रहेको वैज्ञानिकहरू बताउँछन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका