Wed Aug 10 2022
मुख्य खबर

राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक पुस २७ गते बस्ने भएको छ ।

पुष २५ गते आइतबार दिउँसो १ बजे बस्ने गरी निर्धारण गरिएको सङ्घीय संसदअन्तर्गत राष्ट्रिय सभाको बैठक विशेष कारणवश त्यस दिन नहुने भएको छ ।

बैठक यही पुस २७ गते मङ्गलबार अपराह्न १ बजे बस्ने गरी पुनः निर्धारण गरिएको संसद् सचिवालयले जनाएको छ ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ९६० बमोजिम राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त बैठक निर्धारण गरेका हुन् ।