Wed Jan 19 2022
मुख्य खबर

विद्यालयमा कोरोना संक्रमण बढेपछि तुलसीपुरका सबै विद्यालय बन्द

काठमाडौं । कोरोना भाइरसको संक्रमण बढेपछि दाङको तुलसीपुर उपमहानगरपालिकाभित्रका सबै विद्यालय बन्द गरिएको छ ।

पछिल्लो दिन विभिन्न विद्यालयका शिक्षक र विद्यार्थीमा कोरोना पुष्टि भएपछि तुलसीपुर उपमहानगरपालिकाले २५ पुसदेखि लागू हुने गरी ३ माघसम्मका विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको दर तीव्र रूपमा बढेकाले संक्रमनको चेन ब्रेक गर्न उपमहानगरपालिका भित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरिएको मेयर घनश्याम पाण्डेले जानकारी दिए ।

उपमहानगरपालिकाले संक्रमणको अवस्था हेरेर ४ माघपछि मात्रै विद्यालय सञ्चालन गर्न आग्रह गरेको छ । पछिल्लो तीन दिनको अवधिमा तुलसीपुर उपमहानगरपालिकाभित्र ८४ जनामा कोरोना पुष्टि भएको छ ।