जोडिनुहोस

देश

नेपाल १६७ रनमा आउट

नेपाल १६७ रनमा आउट

काठमाडौं । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत ए विरुद्ध १ सय ६७ रनमा अलआउट भएको छ । श्रीलंकाको आर प्रेमदासा रंगशालामा टस जितेर ब्याटिङ रोजेको नेपालले ३९ दशमलब २ ओभरमा १ सय ६७ रनमा अलआउट भयो ।

नेपालका लागि कप्तान रोहितकुमार पौडेलले ८५ बलमा ६५ रन बनाए । पौडेलले ७ चौका प्रहार गरेका थिए । गुलसन झाले ३० बलमा २ चौका र २ छक्काको सहयोगमा ३८ रन बनाए ।

भारत ए का लागि निशान्त सिन्धुले ४ विकेट लिए । नेपाल पहिलो जितको खोजीमा हुनेछ । भारत लगातार दोस्रो जितका साथ सेमिफाइनल यात्रा पक्का गराउन चाहन्छ । नेपाललाई सेमिफाइनलको सम्भावना कायमै राख्न यस खेल जित्नै पर्ने हुन्छ ।

नेपाल पहिलो खेलमा पाकिस्तान ए सँग ४ विकेटले पराजित भएको थियो । त्यस्तै भारतले युएई ए लाई ८ विकेटले हराएको थियो ।

गत मेमा नेपालमा भएको एसीसी प्रिमियर कपको विजेता बन्दै नेपाल इमर्जिङ कपका लागि छानिएको हो । टेस्ट राष्ट्र भारत स्वतः छनोट भएको हो । नेपालले समूह चरणको अन्तिम खेलमा बुधबार युएई ए सँग खेल्नेछ ।

यस प्रतियोगितामा ६ टोली सहभागीता रहेको छ । सहभागी टोलीहरुलाई दुई समूहमा विभाजन गरिएको छ । हरेक समूहका शिर्ष दुई टोली सेमिफाइनलका लागि छानिने छन् । सेमिफाइनल खेल २१ जुलाईमा हुनेछ ।

सेमिफाइनलका दुई विजेता उपाधीका लागि भिड्ने छन् । फाइनल खेल २३ जुलाईमा रहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका