Mon Aug 8 2022
मुख्य खबर

चन्द्रागिरीमा हिउँ खेल्दा हराएका युवक एक सातापछि मृत भेटिए

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न गएका युवक एक सातापछि मृत भेटिएका छन् ।

चन्द्रागिरी नगरपालिका–१ दहचोक बस्ने २५ वर्षीय दिपक ऋषिदेव पुस १५ मा हिउँ खेल्न जाँदा हराएका थिए ।

चन्द्रागिरी नगरपालिका–४ मा पर्ने सामुदायिक वनस्थित चित्लाङ भिरमा उनी मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत थानकोटका डिएसपी डिल्लीराम पाण्डेले बताए ।